रिलायबल लाइफको प्रिमियममा आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २३ गतेदेखि सर्वसाधरणका लागि प्रिमियममा बिक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँ दरले ९६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकत ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फत अनलाइन् आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँदछ ।

सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक Read Previous

सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक

बुटवल पावरको वित्तीय अवस्था खस्कियो, यस्ता छन् मुख्य सूचक Read Next

बुटवल पावरको वित्तीय अवस्था खस्कियो, यस्ता छन् मुख्य सूचक