ट्याक्सी चालक आन्दोलित, सडकमा तेर्स्याए ट्याक्सी

काठमाडौं । ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । विभिन्न माग राख्दै उनीहरुले यातायात व्यवस्था विभाग, मीनभवन अगाडि सडकमा ट्याक्सी तेर्स्याएर आन्दोलन गरेका हुन् ।

ट्याक्सी व्यवसायी तथा चालकहरू स्वतन्त्र संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् । उनीहरु रातो नम्बर प्लेट भएका सवारीसाधनलाई यात्रु बोक्न दिन नहुनु, ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गर्नुपर्ने, ट्राफिक प्रहरीद्धारा चालक माथि हुने दुर्व्यवहार बन्द गर्नुपर्ने, नेपाली अंकसहितको जीपीएस नम्बर कायम गर्नुपर्ने लगायत माग राखेर आन्दोलित भएका हुन् ।

यस्तै, नपाल भरीको ट्याक्सी भाडा दर एउटै हुनुपर्ने, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, मिटरको सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने, सबै प्लेटका चालकमलाई समान व्यवहार गर्नुपर्ने माग गरेका छन् ।

भदौ १० देखि हकप्रद सेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स Read Previous

भदौ १० देखि हकप्रद सेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स

एकैपटक घोराही सिमेन्टसहित ३ कम्पनीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ? Read Next

एकैपटक घोराही सिमेन्टसहित ३ कम्पनीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ?