भदौ १० देखि हकप्रद सेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स

काठमाडौं । मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ः०.३५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

फाइनान्सले हकप्रद सेयर प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो। सो अनुसार साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले फाइनान्सलाई ‘आइआरएन सिंगल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँद छ ।

हाल ४२ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रदपछि ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।

मधेश प्रदेशले बाढीपीडित जिल्लामा १०/१० लाख पठाउने Read Previous

मधेश प्रदेशले बाढीपीडित जिल्लामा १०/१० लाख पठाउने

ट्याक्सी चालक आन्दोलित, सडकमा तेर्स्याए ट्याक्सी Read Next

ट्याक्सी चालक आन्दोलित, सडकमा तेर्स्याए ट्याक्सी