एकैपटक घोराही सिमेन्टसहित ३ कम्पनीको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बिहीबार घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

तीनै कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणलाई जारी गरेको सेयर सूचीकृत गरेका हुन् ।

नेप्सेका अनुसार घोराही सिमेन्टको प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेले घोराहीको पहिलो कारोबारका लागि न्यूनतम २२६.६१ रुपैयाँदेखि अधिकतम ६७९.८३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । GCIL संकेत चिह्नमा यसको कारोबार हुनेछ ।

यस्तै, थ्रीस्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ८५.६५ रुपैयाँदेखि अधिकतम २५६.९५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले TSHL संकेत चिह्न प्रदान गरेको छ ।

यसैगरी, अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले ८४.५४ रुपैयाँदेखि अधिकतम २५३.६२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको कारोबारका लागि नेप्सले  USHL संकेत चिह्न प्रदान गरेको छ ।

नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि तीनैकम्पनीको सेयर कारोबारमा आउने छ । यद्यपि, प्रिओपन सेसनमा कारोबार हुन नसके नियमित सेसनमा कारोबारमा आउने छैन ।

ट्याक्सी चालक आन्दोलित, सडकमा तेर्स्याए ट्याक्सी Read Previous

ट्याक्सी चालक आन्दोलित, सडकमा तेर्स्याए ट्याक्सी

नीतिगत अस्थिरताले लगानीमैत्री वातावरण बन्न सक्दैन : अध्यक्ष ढकाल Read Next

नीतिगत अस्थिरताले लगानीमैत्री वातावरण बन्न सक्दैन : अध्यक्ष ढकाल