कुन्मिङ-काठमाडौं फेरि नियमित उडान गर्दै चाइना इस्टर्न

काठमाडौं । चिनियाँ वायुसेवा प्रदायक चाइना इस्टर्न एयरलाइन्सले कुन्मिङ–काठमाडौं रुटमा फेरि नियमित उडान गर्ने भएको छ।

एयरलाइन्सले यही साउन २९ गते (अगस्ट १४) देखि कुन्मिङ–काठमाडौं सातामा एक उडान गर्ने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एयरलाइन्सले कोभिडअघि सातामा ७ वटा उडान गर्दै आएको थियो । कोभिडपछि कार्गो उडान मात्रै गर्दै आएको एयरलाइन्सले अब भने नियमित गर्न लागेको हो ।

जानकी फाइनान्सको खराब कर्जा १८.६५ प्रतिशत पुग्यो Read Previous

जानकी फाइनान्सको खराब कर्जा १८.६५ प्रतिशत पुग्यो

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगन, अर्को बैठक शुक्रबार बस्ने Read Next

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगन, अर्को बैठक शुक्रबार बस्ने