जानकी फाइनान्सको खराब कर्जा १८.६५ प्रतिशत पुग्यो

काठमाडौं । जानकी फाइनान्सको नाफामा सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्ष १४ करोड घाटामा रहेको फाइनान्स गत वर्षमा ४१ लाख ४८ हजार रूपैयाँ नाफा कमाएको छ ।

फाइनान्सको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.९२ प्रतिशत घटेर १६ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, अघिल्लो वर्ष १६ करोड ३ लाख रुपैयाँ संचालन नोक्सानीमा रहेको कम्पनीको गत वर्ष ५१ लाख संचालन नाफामा रहेको छ । समीक्षा अवधिमा फाइनान्सले ३ अर्ब ४८ करोड निक्षेप संकलन गरी ३ अर्ब १४ करोड कर्जा लगानी गरेको छ ।

हाल ६९ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको रिटेन्ड अर्निङमा २० करोड ९४ लाख र जगेडा कोषमा २९ करोड ४७ लाख रुपैयाँ सञ्चित छ।

नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी धणात्मक भएको छ । अघिल्लो वर्षमा १६.४३ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष ०.६० रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर नेटवर्थ ११२.९४ रुपैयाँ र खराब कर्जा बढेर १८.६५ प्रतिशत पुगेको छ ।

१ अर्ब १५ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक Read Previous

१ अर्ब १५ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

कुन्मिङ-काठमाडौं फेरि नियमित उडान गर्दै चाइना इस्टर्न Read Next

कुन्मिङ-काठमाडौं फेरि नियमित उडान गर्दै चाइना इस्टर्न