१ अर्ब १५ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त संस्थामा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ९५ कराेड , ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु १७ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु ५ करोड ७५ लाख रुपैयाँ मुद्दतीमा राख्न लागेको हो ।

राष्ट्र बैंकले १ वर्ष अवधि अर्थात् ३ भदौ २०८० देखि ३ भदौ २०८१ सम्मका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी साउन २५ गतेसम्म आवेदन बुझाउन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले ५ रुपैयाँको १५ करोड थान सिक्का प्रचलनमा ल्याउने Read Previous

राष्ट्र बैंकले ५ रुपैयाँको १५ करोड थान सिक्का प्रचलनमा ल्याउने

जानकी फाइनान्सको खराब कर्जा १८.६५ प्रतिशत पुग्यो Read Next

जानकी फाइनान्सको खराब कर्जा १८.६५ प्रतिशत पुग्यो