काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का प्रयोगमा ल्याउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न (धातुबाट सिक्का बनाउन) नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै अब राष्ट्र बैंकले सिक्का बनाउने प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएकोमा अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउन लागेको हो ।
नेपाल राष्ट्र बैंक ‘नोट छपाइ तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (पहिलो संशोधन, २०७५)मा नयाँ डिजाइन हुने सिक्काको टकमरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि मात्रै गर्न सक्ने व्यवस्था छ ।