काठमाडौं । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ । टेलिकमको वायरलेस सेवा निर्देशनालय, बबरमहलले एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको जानकारी गराएकाे हो ।
ती रिचार्ज कार्ड काठमाडौंबाट भैरहवा पठाउने क्रममा हराएको जनाइएकाे छ । निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएको हो। सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले ग्राहकमा अनुरोध गरेको छ ।
साथै, टेलिकमले ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन समेत आग्रह गरेको छ ।
