एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगन, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।

बुधबार संसदको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरु उठेर नाराबाजी गरेपछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरे हो ।

यसअघि पनि एमालेले लगातार संसद बैठक अबरुद्ध गर्दै आएको छ । मंगलबारको बैठक सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि एमालले चित्त नबुझेको भन्दै आज पनि अवरोध गरेको छ ।

आजको बैठक स्थगन भएसँगै सभामुख देवराज घिमिरले अर्को बैठक शुक्रबार दिउँसो १ बजे बोलाएका छन् ।

कुन्मिङ-काठमाडौं फेरि नियमित उडान गर्दै चाइना इस्टर्न Read Previous

कुन्मिङ-काठमाडौं फेरि नियमित उडान गर्दै चाइना इस्टर्न

अझै खुलेन ३ दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडक, पर्यटक अलपत्र Read Next

अझै खुलेन ३ दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडक, पर्यटक अलपत्र