लक्ष्मी लघुवित्त ८ करोड घाटामा, खराब कर्जा ८ प्रतिशत माथि

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ३० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

जबकी अघिल्लो वर्ष लघुवित्तले १५ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियाे । खुद ब्याज आम्दानी, संचालन नाफा घट्नुका साथै खराब कर्जा उल्लेख्य बढ्दा लघुवित्त घाटामा गएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.३१ प्रतिशत घटेर ३६ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, अघिल्लो वर्ष २० करोड ६९ लाख रुपैयाँ संचालन नाफामा रहेको लघुवित्त गत वर्ष ८ करोड ३४ लाख संचालन नोक्सानी व्यहोरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ३४ करोड निक्षेप तथा सापटी लिई ५ अर्ब ७६ करोड कर्जा लगानी गरेको छ ।

हाल ४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १३ करोड ३५ लाख र जगेडा कोषमा २१ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९० लाख रुपैयाँ छ । यसबाट लघुवित्तले सेयरधनीलाई १५.६२ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ । अघिल्लो वर्षमा ४१.४२ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष १८.८१ रुपैयाँ ऋणात्मक भएको छ छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७९.०१ रुपैयाँ र खराब कर्जा झन्डै तेब्बरले बढेर ८.३६ प्रतिशत पुगेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै Read Previous

सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै

भरतपुर अस्पतालको जग्गा बाँडेर सकियो, पार्किङ गर्न सडक कब्जा Read Next

भरतपुर अस्पतालको जग्गा बाँडेर सकियो, पार्किङ गर्न सडक कब्जा