सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३९ रुपैयाँ दरले ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

सो आइपीओमा लगानीकर्ताले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयरएनपी त्रिपल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम सुरक्षित रहेको छ ।

नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ : अध्यक्ष ढकाल Read Previous

नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ : अध्यक्ष ढकाल

लक्ष्मी लघुवित्त ८ करोड घाटामा, खराब कर्जा ८ प्रतिशत माथि Read Next

लक्ष्मी लघुवित्त ८ करोड घाटामा, खराब कर्जा ८ प्रतिशत माथि