राष्ट्र बैंकले बनायो आयात खुकुलो, अब ६० हजार डलरसम्मकाे एलसी खोल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी वस्तु आयात खुकुलो बनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन संशोधन गर्दै आयातमा खुकुलो नीति लिएको हो ।

नयाँ व्यवस्था अनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको प्रतीतपत्र (एलसी) खोल्न पाउने भएका छन् । यसअघि ५० हजार डलरसम्मको एलसी खोल्न पाइने व्यवस्था थियो ।

यस्तै, भारतबाट आयात हुने वस्तुको हकमा भने ३ करोड भारुसम्मको एलसी खोल्न पाइने भएको छ ।आयातकर्ताले अघिल्लो पटक एलसी खोलिएको वस्तु आयात भइसकेको ७ दिनपछि मात्रै पुनः नयाँ एलसी खोल्न पाउने छन् ।

यसअघि राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको संचिति घट्दै गएकोभन्दा राष्ट्र बैंकले वस्तु आयातमा कडाइ गरेको थियो । अहिले ढुकुटीमा पर्याप्त संचिति रहेकाले केही खुकुलो गरेको हो ।

जेठ मसान्त राष्ट्रिय ढुकुटीमा ११ अर्ब ३० करोड रुपैयाँ अमेरिकी डलर संचित रहेको छ । यो पछिल्लो २१ महिना यताकै धेरै हो । गत जेठसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

स्वाबलम्बन लघुवित्तको खराब कर्जा साढे ८% पुग्यो, लाभांश क्षमता साढे २ गुणाले बढ्यो Read Previous

स्वाबलम्बन लघुवित्तको खराब कर्जा साढे ८% पुग्यो, लाभांश क्षमता साढे २ गुणाले बढ्यो

धौवादीबाट दैनिक १५०० टन फलाम निकाल्न सकिने, २०८४ देखि व्यवसायिक उत्पादन Read Next

धौवादीबाट दैनिक १५०० टन फलाम निकाल्न सकिने, २०८४ देखि व्यवसायिक उत्पादन