स्वाबलम्बन लघुवित्तको खराब कर्जा साढे ८% पुग्यो, लाभांश क्षमता साढे २ गुणाले बढ्यो

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २१.२८ प्रतिशतले बढेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३३ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६ करोड रुपैयाँ बढी हो । लघुवित्तले अघिल्लो वर्षमा २७ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटे पनि इम्पेयरमेन्ट चार्ज घट्दा र डिफर्ड ट्याक्स आम्दानी बढ्दा लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.१९ प्रतिशत घटेर १ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन आम्दानी १०.६९ प्रतिशत घटेर ५२ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले १२ अर्ब ८० करोड निक्षेप तथा सापटी लिई १८ अर्ब २९ करोड कर्जा लगानी गरेको छ ।

हाल १ अर्ब २९ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ८ लाख ६८ हजार, रिटेन्ड अर्निङमा ५८ करोड २८ लाख र जगेडा कोषमा १ अर्ब ३८ रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २५ लाख ७० हजार रुपैयाँ छ । यसबाट लघुवित्तले सेयरधनीलाई १९.९१ प्रतिशत लाभांश बाँड्न पुग्छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि बढेको छ । अघिल्लो वर्षमा २४.९४ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी १.३६ रुपैयाँले बढेर २६.३१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५२.४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.२३ गुणा, खराब कर्जा ८.६६ प्रतिशत पुगेको छ ।

रिलायबल लाइफको प्रिमियममा आइपीओ खुल्यो Read Previous

रिलायबल लाइफको प्रिमियममा आइपीओ खुल्यो

राष्ट्र बैंकले बनायो आयात खुकुलो, अब ६० हजार डलरसम्मकाे एलसी खोल्न पाइने Read Next

राष्ट्र बैंकले बनायो आयात खुकुलो, अब ६० हजार डलरसम्मकाे एलसी खोल्न पाइने