३ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, २ करोड जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ३ वाणिज्य बैंकलाई कारबाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ३ बैंकलाई कारबाहीमा परेका हुन् ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्ने बैंकहरुमा कुमारी, हिमालयन र प्राइम कमर्शियल बैंक रहेका छन् । कुमारी र हिमालयनलाई राष्ट्र बैंकले नगद जरिवाना तिराएको छ भने प्राइमलाई सचेत गराएको छ ।

कुमारी बैंकले गत आर्थिक वर्षको माघमा सीडी रेसियो नपुर्‍याउँदा राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ नगद जरिवाना गराएको छ ।

त्यस्तै, हिमालयन बैंकले पनि लागत आर्थिक वर्षको कात्तिकमा सीडी रेसियो नपुर्‍याउँदा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ नगद जरिवाना गराएको छ ।

प्राइम कमर्सियल बैंकलाई भने राष्ट्र बैंकले सचेत गराएर छोडेको छ । बैंकले संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले जनाएको छ ।

 

चैतको तुलनामा घट्यो बैंकको खराब कर्जा, मर्जरमा गएकाको सीमा नजिक, कुनको कति ? Read Previous

चैतको तुलनामा घट्यो बैंकको खराब कर्जा, मर्जरमा गएकाको सीमा नजिक, कुनको कति ?

३८ लाख पुग्यो सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या, बर्सेनि अर्बौं दायित्व थपिँदै Read Next

३८ लाख पुग्यो सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या, बर्सेनि अर्बौं दायित्व थपिँदै