नेपाल बैंकका सेयरधनीले २३ वर्ष पछि पाउने भए लाभांश

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले २३ वर्षपछि सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको २४ औं बैठकले सेयर धनीलाई गत वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

 

बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश लाभांश दिने घोषणा गरेको हो ।

 

बैंकले प्रस्ताव गरेको यो लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

अकामा होटलको 'क्रिसमस केक मिक्सीङ' सम्पन्न Read Previous

अकामा होटलको 'क्रिसमस केक मिक्सीङ' सम्पन्न

१५ रुटका तार भूमिगत गर्दै नेपाल टेलिकम Read Next

१५ रुटका तार भूमिगत गर्दै नेपाल टेलिकम