काठमाडौं । अकामा होटल धुम्बाराही काठमाडौंले आउँदै गरेको क्रिसमसको उपलक्ष्यमा केक मिक्सीङ कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार भएको सो कार्याक्रममा पूर्व मिस नेपालहरु, विदेशि नियोगका प्रतिनिधि, पत्रकारलयागतको उपस्थिति रहेको थियो ।
अकामा होटलमा सम्पन्न कार्यक्रममा होटलका सेफलाई सेलिब्रेटिहरू तथा अन्य गेस्टहरुले साथ दिएका थिए । होटलको पुलसाइडमा सम्पन्न यस कार्यक्रमले सबै जनालाई एकै ठाउमा उपस्थित गराई सेलेब्रेसन गराउने जमर्को गराएको छ ।

होटलका सेफका अनुसार यो मिक्सीङलाई एक महिनासम्म फर्मेन्टेसन गराइन्छ र क्रिसमस आउने बेलामा स्पेसल केक तथा कुकीजहरू याे मिक्सबाट बनाइन्छ । कार्यक्रममा होटलका डाइरेक्टर कौशल सिंहले गेस्टहरुलाई स्वागत गरेका थिए ।
क्रिसमसमा केकको ठूलो महत्व रहँदै आएको छ । क्रिसमस केक मिक्सीङ परम्परागत प्रकृया हो । जसमा धेरै थरिका फ्रुट्स, नट्स तथा लिक्वयरहरुको सम्रिश्रण गरिन्छ । युरोपमा १७ औं शताब्दीबाट पारिवारीक रुपमा केक मिक्सीङ कार्यक्रमका मनाउँदै आइएको भएता पनि हालका दिनहरुमा संस्थागत रुपमा पनि मनाउन थालिएको छ ।
