३ अर्ब ८५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।केन्द्रीय बैंकका अनुसार आज (सोमबार) उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

 

बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार २ अर्ब ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ ।

यस्तै १ अर्ब ८५ करोड बराबरको ट्रेजरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

अब यती एयरलाइन्सले प्लाष्टिकको कप प्रयोग नगर्ने Read Previous

अब यती एयरलाइन्सले प्लाष्टिकको कप प्रयोग नगर्ने

अकामा होटलको 'क्रिसमस केक मिक्सीङ' सम्पन्न Read Next

अकामा होटलको 'क्रिसमस केक मिक्सीङ' सम्पन्न