नेपाल चामल, तेल-दाल उद्योग संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा दुगड

काठमाडौं । नेपाल चामल तेल–दाल उद्योग संघको नयाँ नेतृत्व चयन भएको छ । सोमबार आज काठमाडौंमा सम्पन्न संघको ४४ औं वार्षिक साधारण सभाले कुमुदकुमार दुगडको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको हो ।

संघले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो । अध्यक्ष दुगडले यसअघि पनि संघको दुई कार्यकाल नेतृत्व गरिसकेको छन् ।

यसैगरी, संघको प्रथम उपाध्यक्षमा राम थापा, द्वितिय उपाध्यक्ष राहुल अग्रवाल, महासचिव दीपक कुमार पौडेल, उप–महासचिव धिरज गोल्छा, कोषाध्यक्ष रतन लाल केडिया चयन भएका छन् ।

संघको आज सम्पन्न सभाले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने, नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षिय सम्झौतामा काम गर्न पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सभाले कच्चा र तयारी दालमा कम्तीमा २ तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको इन्सेन्टिभ कायम गर्न पहल गर्ने, दाल निकासीमा लाग्ने निनकासी शुल्क हटाउन पहल गर्ने लगायत निर्णय गरेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू Read Previous

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू

१२७ अंकको गिरावटपछि नेप्सेमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

१२७ अंकको गिरावटपछि नेप्सेमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी