१२७ अंकको गिरावटपछि नेप्सेमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा कमब्याक भएको छ । लगातार १२७ अंकको गिरावटपछि नेप्सेले आज ५ अंकले बढेको हो ।

सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६५ करोडले घटेर १ अर्ब ८५ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ विन्दुमा पुगेको छ । यसदिन २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.९७ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज सनराइज ब्लूचिप फण्डका इकाईधनीले सर्वाधिक ७.१० प्रतिशत कमाएका छन् । त्यस्तै, बलेफी हाइड्रोपावर ५.७९, एनआइसी एसिया फ्लेक्स क्याप फण्ड र लक्ष्मी उन्नति कोषको सेयर मूल्य ३ प्रतिशतले बढेको छ ।

नेपाल चामल, तेल-दाल उद्योग संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा दुगड Read Previous

नेपाल चामल, तेल-दाल उद्योग संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा दुगड

देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै Read Next

देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै