पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो ।

राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । ‘कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ,’ उनले भने ।

सडक विस्तारको काम पेचिलो बन्दै गइरहेका बेला उपमहानगरले केही साताअघि बजार क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटबिरुवा, गमला र फलामका रेलिङ हटाएको थियो । उपमहानगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारबाट हेटौँडाको सुन्दरता बढ्ने उल्लेख गर्दै उनले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले कार्यालयले घरटहरालगायतका संरचना हटाउन दिएको म्याद सकिएकाले आजदेखि अदालतमा फछ्र्योट भएर आएका ३४० घरको सडकमा पर्ने जग्गा खाली गराइने उनले जानकारी दिए । रासस

मिटरब्याजीले छाडे सवा १ अर्ब, गरे ७१ बिघा जग्गा फिर्ता Read Previous

मिटरब्याजीले छाडे सवा १ अर्ब, गरे ७१ बिघा जग्गा फिर्ता

नेपाल चामल, तेल-दाल उद्योग संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा दुगड Read Next

नेपाल चामल, तेल-दाल उद्योग संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा दुगड