मिटरब्याजीले छाडे सवा १ अर्ब, गरे ७१ बिघा जग्गा फिर्ता

काठमाडौं । अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कुल २३ हजार ९६१ उजुरी दर्ता भएको छ ।

गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार ५२० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए ।

उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कुल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८१२ कारोबार भएको उल्लेख थियो । त्यही पीडितहरुमाथि साहुले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १९९ माग दाबी गरेको भेटिएको छ ।

त्यसमध्ये अहिलेसम्म रु ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए । यसरी मिटरब्याजीले आफूले दाबी गरेको १ अर्ब १ अर्ब ३८ करोड रकम छाडेका हुन् ।

मिलापत्र गरेर कुल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए ।

काठमाडौं-चौतारा रुटमा संचालनमा आयो विद्युतीय गाडी Read Previous

काठमाडौं-चौतारा रुटमा संचालनमा आयो विद्युतीय गाडी

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू Read Next

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू