एनआइएमबी एस क्यापिटल र गोल्छा ग्रुपबीच सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्धारा प्रर्वद्धित एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरू हिम इलेक्ट्रोनिक्स् प्रालि र हंसराज हुलासचन्द एन्ड को प्रालि बीच लगानी सम्झौता भएको छ ।

दुई संस्थाबीच एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआइपी’ सम्झौता भएको हो ।

सम्झौता अनुसार हिम इलेक्ट्रोनिक्स् प्रालि तथा हंसराज हुलासचन्द एन्ड को प्रालिका कर्मचारीहरूले आफ्नो इच्छा अनुसार मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआइबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा हंसराज हुलासचन्दका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नीता राणा, हिम इलेक्ट्रोनिक्सका् तर्फबाट उपप्रबन्धक नीलम केसी र एनआइबीएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षेर गरेका हुन् ।

सस्तिँदै सवारी कर्जाको ब्याजदर, कुन बैंकले कति प्रतिशतमा दिन्छन् ऋण ? Read Previous

सस्तिँदै सवारी कर्जाको ब्याजदर, कुन बैंकले कति प्रतिशतमा दिन्छन् ऋण ?

बोर्डको नीति तथा कार्यक्रम : यसै वर्ष कमोडिटी मार्केट संचालन, यस्ता छन् ७४ कार्यक्रम (पूर्णपाठ) Read Next

बोर्डको नीति तथा कार्यक्रम : यसै वर्ष कमोडिटी मार्केट संचालन, यस्ता छन् ७४ कार्यक्रम (पूर्णपाठ)