काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ३७ शाखा कार्यालयहरू बन्द गर्ने भएको छ ।
साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज भई गत पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको इन्भेटमेन्ट मेगाले एकै स्थानमा दोहोरिएका ३७ शाखा कार्यालय बन्द गर्न लागेको हो ।
बैंकले एकै स्थानमा भएका दुई शाखा गाभी एउटैबाट कारोबार गर्ने भएको हो । बैंकले साविकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्न लागेको हो । त्यस्तै, साविकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साविकको मेगा बैंक भएको ठाउँबाट कारोबार गर्ने भएको हो ।
समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।
