नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ६३ अंकले बढेको नेप्से आज २६ अंकले घटेको हो ।

आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो । तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार १०० प्रतिशतमा झारिएको बताएसँगै लगानीकर्ता हतोत्साही हुँदा आज नेप्सेमा गिरावट आएको हो । यस्तै, प्रफिट बुक गर्ने हाबी हुँदा पनि सूचकमा दबाब परेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३६ करोड बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा आइपुगेको छ । यसदिन २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये अन्य र म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक घटेको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.५० प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको साढे २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक १९ करोड र प्रभु बैंक १५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज एनआइबीएल ग्रोथ फण्डका इकाईधनीले सर्वाधिक ६.९३ प्रतिशत गुमाएका छन् । त्यस्तै, लिबर्टी इनर्जी ६.२५, विशाल बजार, कर्पोरेट डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै (सूचीसहित) Read Previous

इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै (सूचीसहित)

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो Read Next

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो