आइएमएफको टोलीले भेट्यो आयोग उपाध्यक्ष, १६औं योजनाका विषयमा चासो

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ ।

आइएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औं योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सझुाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नती, पूँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालीन चुनौतीहरूका विषयमा समेत छलफल भएको थियो ।

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आइएमएफको टोलीलाई धन्यवाद दिएका थिए । जुलाइ २० मा नेपाल आएको आइएमएफको मिन टोली २६ जुलाइसम्म नेपालमा रहने छ । भेटघाटमा आइएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरू सहभागी थिए ।

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा Read Previous

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै (सूचीसहित) Read Next

इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द हुँदै (सूचीसहित)