काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंकपछि लघुत्तिको मर्जर तथा प्राप्ति गरेर संख्या घटाउने नीति लिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले २०८१असार मसान्तसम्म मर्जर तथा प्राप्तिमा गएर एकीकृत कारोबार गर्नेलाई छुट सुविधा दिने घोषणा गरेको हो ।
‘२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरु कोमर्जर र प्राप्तिलाई प्रोत्साहन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
यसैगरी, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका समस्या समाधान गर्ने बताएको छ । ‘लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।