राष्ट्र बैंकले डिजीटल मुद्रा जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजीटल मुद्रा जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ । ‘आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो घोषणा गरिएको हो ।

केन्द्रीय बैक विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाईने छ,’ मौद्रिक नीतिमा भनिएको छ । गत वर्ष राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न अध्ययन गरेको थियो । सो प्रक्रियालाई यस वर्ष पनि अघि बढाउने घोषणा केन्द्रिय बैंकले गरेको हो ।

सरकारले चालु वर्षको बजेट मार्फत डिजीटल बैंक, मुद्रा लगायतका विषयमा अघि बढाउने घोषणा गरेको थियो ।

सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन हुने Read Previous

सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन हुने

२०८१ सम्म एकीकृत कारोबार गर्ने लघुत्तिलाई मर्जरमा छुट Read Next

२०८१ सम्म एकीकृत कारोबार गर्ने लघुत्तिलाई मर्जरमा छुट