सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो ।

‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।

सेयर लगानीकर्ताले लामो समयदेखि सेयर धिर्ता कर्जामा लगाइएको १२ करोडको सीमा र जोखिमभार घटाउन माग गर्दै आएका थिए । हाल सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत रहेकोछ ।

घरकर्जामा राष्ट्र बैंकको लचकता, आवासीय कर्जाको सीमा बढाइयो Read Previous

घरकर्जामा राष्ट्र बैंकको लचकता, आवासीय कर्जाको सीमा बढाइयो

राष्ट्र बैंकले डिजीटल मुद्रा जारी गर्ने Read Next

राष्ट्र बैंकले डिजीटल मुद्रा जारी गर्ने