एनआईसी एशियाकाे खुद नाफा पहिलाे क्वाटरमै अरब माथि

"अब नाफामा प्रतिस्पर्धा नबिल र राष्ट्रिय वाणिज्य बैकसँग मात्र "

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एक अर्ब ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आवको तुलनामा ३४.१३ प्रतिशत अर्थात २५ करोड ६९ लाख रुपैयाँले बढी हो । यो नाफा रकम बैंकहरुमध्ये तेस्रो ठूलो नाफा हो।

 

यो बैंकभन्दा नबिल र राष्ट्रिय वाणिज्य बैंकले १२/१२ करोड बढि मुनाफा आर्जन गरेका छन्।

 

राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ५६ करोड ११ लाख ५३ हजार रुपैयाँ छुट्याए पछि यस अवधिमा बैंकको वितारणयोग्य नाफा ४४ करोड ८४ लाख रहेको छ।

 

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँले बढेर ४० रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६१ पैसा रहेको छ । बैंकले असोजसम्ममा १ खर्ब ७९ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

एनआइसीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.०५२%  लाभांश दिएको छ । जसमध्ये ११.०५२%  नगद र १०%  बोनस सेयर रहेको छ । उक्त लाभांश बैंकको साधारण सभाबाट पारित भई लगानीकर्ताको खातामा पठाउन सुरु गरी सकेको बैंकले जनाएको छ ।

कर्जा प्रवाह वृद्धिदर १६%, भेट्टाउन सकिएला २१ %को लक्ष्य Read Previous

कर्जा प्रवाह वृद्धिदर १६%, भेट्टाउन सकिएला २१ %को लक्ष्य

दिल्लीले ९ खेलाडी छाड्दापनि सन्दीप लामिछानेलाई छाडेन Read Next

दिल्लीले ९ खेलाडी छाड्दापनि सन्दीप लामिछानेलाई छाडेन