काठमाडौं । आइपीएल २०२० सिजनको लागि दिल्ली क्यापिटल टिमले सन्दीप लामिछानेलाई रिटेन गरेको छ । दिल्ली टिमले ९ जना खेलाडीलाई आफ्नो टिमबाट छाडेपनि संन्दीपलाई भने रिटेन गरेको हो ।
दिल्लीले छाडेका खेलाडीमा अंकुस बैंस, बन्दारु अयप्पा, क्रिस मौरिस, कोलिन इन्ग्राम, कोलिन मुनरो, हनुमा बिहारी, जलन सक्सेना, मनजोत कालरा, नाथु सिंह रहेका छन् ।
त्यसैगरी दिल्लीले सन्दीप लामिछाने सहित अजिंक्य रहाणे, अमित मिश्र, आवेश खान, अक्षर पटेल, हर्षल पटेल, इसान्त शर्मा, कैगिसो पाँल, पृथ्वी शाँ, रविचन्द्र अश्विन, शिखर धवन र श्रेयस अथ्यरलाई पुनः टिममा राखेको छ ।