बाँकेमा १६० उद्योग बन्द, कैयौं उद्योगी विस्थापित

राँझा । बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए।

उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगीरव्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ ।

कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगीरव्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उनको भनाइ छ ।

जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या पनि गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा १ हजार ७१२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ ३६५, उत्पादनमूलक १४०, पर्यटन सम्बन्धी १३२ र सेवामूलक २३९ गरी कूल ८७६ उद्योग दर्ता भएका छन् ।

गत आवमा ३१४ उद्योग नवीकरण भएका बुढाथोकीले बताए । नयाँ उद्योग दर्ता तथा नवीकरणबापत रू ८५ लाख ३० हजार एकसय ५० राजस्व सङ्कलन भएको उनले जानकारी दिए । रासस

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक Read Next

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक