कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री एनएमबी क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १० हजार ११५ आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्मानी एक जनाले थप १ कित्ता सेयर पाए । १० लाख ३७ हजार बढी जनाको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार २६ देखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड १ लाख १५ हजार १०० रुपैयाँ बराबरको १ लाख १ हजार १५१ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री एनएमबी क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

राष्ट्रिय गौरवसहित ९ सडकको २५ अर्ब बजेट फ्रिज, कुनले कति खर्च गरे ? Read Previous

राष्ट्रिय गौरवसहित ९ सडकको २५ अर्ब बजेट फ्रिज, कुनले कति खर्च गरे ?

बाँकेमा १६० उद्योग बन्द, कैयौं उद्योगी विस्थापित Read Next

बाँकेमा १६० उद्योग बन्द, कैयौं उद्योगी विस्थापित