आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । आइतबार बिहान सञ्चालक समितिको बैठक बसेर आजै दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।

सरकारले बजेट मार्फत लिएका नीतिलाई नै सर्पोट गर्नेगरी मौद्रिक नीति आउने राष्ट्र बैंकका अधिकारीहरुले बताइरहेका छन् । गत वर्ष कसिलो मौद्रिक नीति कार्यान्वयन गरेको राष्ट्र बैंकले यस वर्ष भने कस्तो नीति लिन्छ भन्ने निजी क्षेत्र र व्यवसायीक वित्तमा चासोको विषय बनेको छ ।

गत वर्ष बाह्य क्षेत्रमा स्थायित्व कायम गर्न गरिएको नीतिगत कडाइले आन्तरिक अर्थतन्त्र सिथिल भएको छ । घरजग्गा, शेयरबजार र व्यवसायलाई भलायमान बनाउने हिसाबले राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति लिनु पर्ने निजी क्षेत्रले माग राख्दै आएका छन् ।

अर्थमन्त्री प्रकाशशरण महतले पनि आन्तरिक अर्थतन्त्रमा देखिएको संकट राष्ट्र बैंकले नै सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् । गत वर्ष निकै दबाबमा रहेको बाह्य क्षेत्र यस वर्ष सहज अवस्थामा छ । तर, राष्ट्र बैंक भने अझै खुकुलो नीति कार्यान्वयनको पक्षमा छैन । सोही कारण निजी र व्यवसायीक क्षेत्रले सोचे जस्तो खुकुलो मौद्रिक नीति आउने देखिदैन ।

बाँकेमा १६० उद्योग बन्द, कैयौं उद्योगी विस्थापित Read Previous

बाँकेमा १६० उद्योग बन्द, कैयौं उद्योगी विस्थापित

बैंकिङ विज्ञ बीएन घर्तीको पुस्तक बजारमा, बैंकिङ सूचना र अनुशासनमा सघाउने  Read Next

बैंकिङ विज्ञ बीएन घर्तीको पुस्तक बजारमा, बैंकिङ सूचना र अनुशासनमा सघाउने