निफ्राको नाफामा उछाल, लाभांश क्षमता कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४२.७१ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ करोड ६८ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाखरुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, सञ्चालन नाफा, फी तथा कमिशन बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ४२.६८ प्रतिशत बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब २८ करोड संचित छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ५ लाख रुपैयाँ रहेको छ। जसबाट सेयरधनीलाई झन्डै ४.८८ प्रतिशतसम्म लाभांश बाँड्न पुग्छ ।

समीक्षा अवधिमा बैंकले ८९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १४ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप १०३.७९ प्रतिशत र कर्जा २९.६१ प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.७३ रुपैयाँबाट बढेर ६.७६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयाँ छ ।

मुग्लिन-नारायणगढ सडक खण्डमा १३ नयाँ पुल निर्माण, अझै २ वटा बनाउन बाँकी Read Previous

मुग्लिन-नारायणगढ सडक खण्डमा १३ नयाँ पुल निर्माण, अझै २ वटा बनाउन बाँकी

अपि पावरको ४० मेगावाटको अपर चमेलियाबाट परीक्षण उत्पादन सुरू Read Next

अपि पावरको ४० मेगावाटको अपर चमेलियाबाट परीक्षण उत्पादन सुरू