वेलायतले १०० नेपाली नर्स लैजाने, खुल्यो आवेदन

काठमाडौं । पहिलो पटक नेपालबाट वेलायत नर्स पठाउने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई रोजगारीका लागि वेलायत पठाउन आवेदन खुलाएको हो ।

नेपालबाट पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा १०० जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको हो । सरकार–सरकार (जीटुजी) संयन्त्रमार्फत नर्सहरू वेलायत पठाउन लागिएको हो ।

जीटुजी प्रक्रियामार्फ वेलायत नर्स लैजान यसअघि नै दुई देशबीच सम्झौता भइसकेको छ । बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

वेलायत जानका लागि आवेदन दिन स्टाफ नर्स, नर्सिङमा स्नातक (बीएससी वा बीएन), वा नेपाल सरकार वा विदेशको मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । त्यस्तै, नेपाल नर्सिङ काउन्सिलबाटव्यावसायिक इजाजतपत्र लिएको, कम्तीमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ भने आइइएलटीएसमा पनि ७ स्कोर ल्याएको हुनुपर्ने छ ।

नेपालबाट छनौट भइसकेपछि बेलायत पुगेर त्यहाँको नर्सिङ काउन्सिलमा पनि परीक्षा दिनुपर्नेछ। त्यहाँको परीक्षामा उत्तीर्ण भएपछि मात्रै स्थायी रोजगारीको सुनिश्चतता हुनेछ।

आधा प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर एकैपटक ६.५ प्रतिशत पुग्यो Read Previous

आधा प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर एकैपटक ६.५ प्रतिशत पुग्यो

उपत्यकामा जग्गाको मूल्यांकन : आनाको ३३ हजारदेखि ६६ लाखसम्म, कहाँकाे कति ? (मूल्यसहित) Read Next

उपत्यकामा जग्गाको मूल्यांकन : आनाको ३३ हजारदेखि ६६ लाखसम्म, कहाँकाे कति ? (मूल्यसहित)