कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन

काठमाडौं । मोरङ जिल्लामा रहेको कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन गरिएको छ।

 

उपचारकाक्रममा कोशी अस्पतालमा आउने सेवाग्राहीलाई बैकिङ सेवा उपलब्ध गराइएको बैंकले बताएको छ।

 

प्रभु बैंकको काउन्टर संचालन गर्नेसम्बन्धी सम्झौता कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंककातर्पmबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरे।

 

उक्त सम्झौतापछि प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिनबाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म काउन्टरमार्फत बैंकिङ सेवा दिनेछ।

बैंक अफ काठमाण्डूको नाफामा झिनो गिरावट Read Previous

बैंक अफ काठमाण्डूको नाफामा झिनो गिरावट

उद्योगी रुप ज्योतिविरुद्ध मुद्दा नचल्ने, जमानतमा छाड्न प्रहरीलाई पत्र Read Next

उद्योगी रुप ज्योतिविरुद्ध मुद्दा नचल्ने, जमानतमा छाड्न प्रहरीलाई पत्र