बैंक अफ काठमाण्डूको नाफामा झिनो गिरावट

काठमाडौं । बैंकको अफ काठमाण्डूले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ०.८० प्रतिशत अर्थात १० लाख २५ हजार रुपैयाँले कम हो।

 

गत आर्थिक वर्षको यस अवधिमा बैंकले ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा भने १८ करोड ७६ लाख रुपैयाँ रहेको छ।

 

बैंकले असोज मसान्तसम्ममा ८५ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।बैंकको प्रतिसेयर आम्दानी १९.०४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२.७५ रुपैयाँ रहेको छ ।

 

चुक्ता पूँजी आठ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ संचित छ। यस्तै बैंकको रिटेन्ड अर्निङ्ग १ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ छ।

 

बैंकको मूल्य आम्दानी अनुपात ११.९२ गुणा, पूँजीकोष अनुपात १४.२९ प्रतिशत, खराब कर्जा अनुपात १.७३ प्रतिशत, आधारदर १०.०२ प्रतिशत, कोषको लागत ७.२९ प्रतिशत रहेको छ।

नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो Read Previous

नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन Read Next

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन