नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ४० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो गत आर्थिक वर्षको यसै अवधिको तलुनामा ३३.३२ प्रतिशतले बढी हो। बैंकले गत वर्षको यसै अवधिमा ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरण योग्य नाफा १४ करोड ८६ लाख रुपैयाँ छ।

 

असोज मसान्तसम्ममा बैंकले ५८ अर्ब ३७ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २६ र कर्जा लगानी विस्तार १५ प्रतिशतले सुधार भएको हो। त्यसबाट बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

 

चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर ४.९८ रुपैयाँले बढेर १९.९१रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५८ .३४ रुपैयाँ रहेको छ ।

 

बैंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशतले बढेर १.९७ प्रतिशत पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १०.२५ गुणा रहेको छ। बैंकको आधारदर ९.८७ प्रतिशत र कर्जा निक्षेप अनुपात ७५.७३ प्रतिशत रहेको छ।

घुमघाम, बजेट व्यवस्थापन र बोमन इरानी Read Previous

घुमघाम, बजेट व्यवस्थापन र बोमन इरानी

बैंक अफ काठमाण्डूको नाफामा झिनो गिरावट Read Next

बैंक अफ काठमाण्डूको नाफामा झिनो गिरावट