उद्योगी रुप ज्योतिविरुद्ध मुद्दा नचल्ने, जमानतमा छाड्न प्रहरीलाई पत्र

काठमाडौं । ठगी आरोमा हिरासतमा रहेका चर्चित व्यावसायी डा. रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरीलाई पत्र लेखेको छ । यससँगै उनी आज रिहा हुने भएका छन् ।

 

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाडिदिन पत्र लेखेको हो । अब महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

 

प्रहरीले उनीमाथि लागेको आरोपको बारेमा सरकारी वकिल कार्यालयमा पेश गरेको अनुसन्धान फाइल थप अनुसन्धान नपुगेको भन्दै बिहीवार प्रहरीलाई नै फिर्ता पठाएको थियो।

 

ज्योतिलाई गत बिहीबार १ करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन Read Previous

कोशी अस्पतालमा प्रभु बैंकको काउन्टर संचालन

महसुल नतिर्ने ग्राहकको लाइन काट्दै प्राधिकरण Read Next

महसुल नतिर्ने ग्राहकको लाइन काट्दै प्राधिकरण