प्रतिसेयर आम्दानीमा ठूला बैंक पछाडि, एनआइसीको सबैभन्दा धेरै, कुनको कति ?

काठमाडौं । कुनै पनि कम्पनीको नाफासँगै सेयर लगानीकर्ताले हेर्न मुख्य सूचक हो प्रतिसेयर आम्दानी । तुलनात्मक रुपमा जुन कम्पनीको प्रतिसेयर आम्दानी धेरै हुन्छ, त्यो कम्पनीलाई राम्रो मानिन्छ ।

कम्पनीको खुद नाफा र कुल साधारण सेयरको अनुपात नै प्रतिसेयर आम्दानी हो । अथार्त् कम्पनीको एउटा सेयरले गर्ने कमाइ नै प्रतिसेयर आम्दानी हो । प्रतिसेयर आम्दानी हेरेरै कम्पनीको अवस्था र उसले भविष्यमा दिनसक्ने लाभांश समेत आकलन गर्न सकिन्छ ।

नेपाली सेयर बजारमा सूचीकृत १३ समूहका कम्पनीमध्ये उत्पादनमूलक, व्यापार, लघुवित्त लगायत समूहका कम्पनीको प्रतिसेयर आम्दानी धेरै हुने गरेको छ । चुक्ता पूँजी र व्यवसायका आधारमा सबैभन्दा ठूला वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी तुलनात्मक रुपमा कम रहेको देखिन्छ । यस्तै, जलविद्युत् कम्पनीहरूको पनि प्रतिसेयर आम्दानी न्यून छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूकै छ । अंकमा हेर्दा नाफा पनि वाणिज्य बैंकहरूकै धेरै छ । वाणिज्य बैंकहरूले गत वर्षको ११ महिना (साउन –जेठसम्म) ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अर्थतन्त्रमा आएको संचुकन र कर्जा विस्तार सुस्त हुँदाको बाबजुत यो अवधिमा बैंकहरूको नाफा बढाउन सफल भएका छन् । यद्यपि, बैंकहरूको खराब कर्जा भने गत वर्षको तुलनामा दोब्बरले बढेको छ ।

यहाँ हामीले वाणिज्य बैंकहरूले जेठसम्म कमाएको नाफामा आधारमा प्रतिसेयर आम्दानीको बारेमा चर्चा छौं । गत वर्षको ११ महिनामा एउटा बैंकले औसतमा ३ अर्ब ३६ करोड नाफा कमाएको भने प्रतिसेयर आम्दानी औसतमा १९.१७ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानीमा कुनै वाणिज्य बैंक अब्बल देखिँदा केही भने कमजोर देखिएका छन् ।

व्यापार, व्यवसाय र नाफामा अब्बल देखिएका बैंकहरू तुलनात्मक रुपमा थोरै पूँजी भएका बैंकभन्दा कमजोर देखिएका छन् । अर्थात् ठूला बैंक प्रतिसेयर आम्दानीका आधारमा साना बैंकभन्दा पछि परेका छन् ।

चुक्ता पूँजीका आधारमा ठूला रहेका नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, नबिल लगायतभन्दा थोरै चुक्ता पूँजी भएक एनआइसी, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी धेरै छ । यस आधारमा पूँजी लगानीको आधारमा ठूलाभन्दा साना बैंकले धेरै प्रतिफल हात पारेको देखिन्छ ।

कुनको कति प्रतिसेयर आम्दानी ?

गत आवको जेठ मसान्तसम्म बैंकहरूले कमाएको नाफाका आधारमा हिसाब गर्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एनआइसी एसीया बैंकको रहेको छ । २० वटा वाणिज्य बैंक मध्ये एनआइसीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ४० रुपैयाँ रहेको छ ।

यस्तै, दोस्रोमा विदेशी लगानीको स्ट्यान्डार्ड चार्टर्ड बैंकको ३३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । जेठमसान्तसम्म एभरेष्ट बैंकको २८.६६, नबिल बैंकको २६.२९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ ।

नेपाल र नेपाल एसबीआई बैंकको २०/२० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । प्रतिसेयर आम्दानीको हिसाबले सबैभन्दा कमजोर कुमारी, कृषि विकास र सिटिजन रहेका छन् । यी बैंकहरूको प्रतिसेयर आम्दानी ११/११ रुपैयाँ बढी छ ।

नोट : माथि प्रस्तुत प्रतिसेयर आम्दानी बैंकहरूले गत जेठ मसान्तसम्म कमाएको नाफाका आधारमा निकालिएको हो ।

 

नेप्सेमा झिनो करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा झिनो करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

ओटीसी मार्केटमा ८४ कम्पनीको कारोबार, कलेजको सेयर प्रतिकित्ता रू. ११२५ मा किनबेच (सूचीसहित) Read Next

ओटीसी मार्केटमा ८४ कम्पनीको कारोबार, कलेजको सेयर प्रतिकित्ता रू. ११२५ मा किनबेच (सूचीसहित)