नेप्सेमा झिनो करेक्सन, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो करेक्सन आएको छ । यससाता अघिल्ला ४ दिनमा ७१ अंकले बढेको नेप्सेमा आज १ अंकको करेक्सन आएको हो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २९ करोड घटेर ३ अर्ब ५ करोडमा रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा आइपुगेको छ । यसदिन २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ५उपसमूहको परिसूचक बढेको छ भने ८ को घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ६.३५ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल ९ करोड र हिमालयन इन्स्योरेन्सको पौने ९ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार र लिबर्टी इनर्जीका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुल्यो, उद्यमशीलता सिकाइने Read Previous

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुल्यो, उद्यमशीलता सिकाइने

प्रतिसेयर आम्दानीमा ठूला बैंक पछाडि, एनआइसीको सबैभन्दा धेरै, कुनको कति ? Read Next

प्रतिसेयर आम्दानीमा ठूला बैंक पछाडि, एनआइसीको सबैभन्दा धेरै, कुनको कति ?