फ्याक्ट्स रिसर्चद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२३’ सार्वजनिक

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स प्रालिले फ्याक्ट्स अफ नेपाल २०२३ पुस्तक सार्वजनिक गरेको छ । यो पुस्तक इन्फोग्राफिक संकलनको अत्यन्त सफल शृंखला फ्याक्ट्स अफ नेपालको आठौं संस्करण हो ।

यो संस्करणमा देशका सामाजिक, राजनीतिक, वातावरणीय, र आर्थिक क्षेत्रहरूको अवस्थाको बारेमा विस्तृत तथ्याङ्क र इन्फोग्राफिक्स समावेश छ ।

यो संस्करणमा २३ राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय विषयहरू समेटिएका छन् । यसले पाठकलाई देशको आर्थिक, सामाजिक, राजनीतिक र विकास क्षेत्रहरूमा व्यापक ज्ञान र अन्तर्दृष्टि प्रदान गर्ने फ्याक्ट्स रिसर्चले विश्वास लिएको छ ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्दै आएकाे छ । साथै आफ्नो स्थापनाकाल (२०१२)देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ ।

 

विमानस्थलमा सुन जाँचपासमा संलग्न सबै कम्चारी निलम्बन गरिने Read Previous

विमानस्थलमा सुन जाँचपासमा संलग्न सबै कम्चारी निलम्बन गरिने

ऋण तिर्न नसक्नेको संख्या दोब्बरले बढ्यो, एक वर्षमै ३० हजार  परे कालोसूचीमा Read Next

ऋण तिर्न नसक्नेको संख्या दोब्बरले बढ्यो, एक वर्षमै ३० हजार परे कालोसूचीमा