काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ६४ करोड ९६ लाख ५८ हजार नाफा कमाएको थियो।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ८८ लाख ४१ हजार रहेको छ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रहेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड ५० लाख रहेको छ भने रिटेन्ड अर्निङ्गमा २ अर्ब ३६ करोड ९९ लाख रहेको छ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ खर्ब १५ अर्ब ४८ करोड ३ लाख निक्षेप सङ्कलन गरी ९७ अर्ब ७० करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले १ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी ५२ पैसाले बढेर ३२.५९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९५.८३ रुपैयाँ रहेको छ।
त्यसैगरी, बैंकको आधारदर ८.९३ प्रतिशत र स्प्रेडदर ५.३६ प्रतिशत रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात १५.४० गुणा रहेको छ भने निष्क्रिय कर्जा १.१६ प्रतिशत रहेको छ।