सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर समायाेजन गरेकाे छ । नेपाल आयल निगमले डिजेलरपेट्रोलको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा समायाेजन गरेकाे हो ।

निगमले आइतबार रातिदेखि स्वचालित मूल्य प्रणाली लागू गर्दै डिजेलको प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको प्रतिलिटर ६ रुपैयाँ भाउ घटाएको थियो ।

विभागले सोमबारदेखि नै लागू हुने गरी सार्वजनिक सवारीको भाडा घटाएको हो । विभागका अनुसार यात्रुबाहक सवारीको भाडादर २.१३ प्रतिशत घटाइएको छ ।

त्यस्तै, मालबाहक सवारीमा पहाडी बाटोमा संचालन हुने मालबाहकतर्फ २.७८ प्रतिशत र तराईमा संचालन हुने मालबाहकको भाडादर ३.०९ प्रतिशतले घटाइएको विभागले जनाएकाे छ ।

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागू हुने विभागले जनाएको छ ।

 

आइपीओ बिक्रीको अनुमति माग्दै आइएमईले दियो बोर्डमा आवेदन Read Previous

आइपीओ बिक्रीको अनुमति माग्दै आइएमईले दियो बोर्डमा आवेदन

लयमा फर्किँदै घरजग्गा कारोबार, असारमा झण्डै ४९ हजार किनबेच Read Next

लयमा फर्किँदै घरजग्गा कारोबार, असारमा झण्डै ४९ हजार किनबेच