आइपीओ बिक्रीको अनुमति माग्दै आइएमईले दियो बोर्डमा आवेदन

काठमाडौं । आइएमई लिमिटेडले प्राथमिक साधारण सेयर (आइपीओ) बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले असार २९ गते अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । आइएमईले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले सेयर सर्वसाधरणमा बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि नै प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

आइएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’बाट आइएमई पुरस्कृत भएको छ।

आइएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गर्दै आएको छ ।

 

ट्वीटरले विज्ञापन आयको आधा हिस्सा गुमायो Read Previous

ट्वीटरले विज्ञापन आयको आधा हिस्सा गुमायो

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित) Read Next

सार्वजनिक गाडीको भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)