ट्वीटरले विज्ञापन आयको आधा हिस्सा गुमायो

न्युयोर्क । एलन मस्कले गत अक्टोबरमा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको किनेपछि आफ्नो विज्ञापन आयको झण्डै आधा हिस्सा गुमाइसकेको बताएका छन् । मस्कले कम्पनीले सामना गरिरहेका कठिनाइहरूको बारेमा जानकारी गराउँदै आएका छन् ।

‘विज्ञापनबाट उठ्ने राजस्वमा ५० प्रतिशतको गिरावट र भारी ऋणभारका कारण हामी अझै पनि नकारात्मक नगद प्रवाहमा छौं,’ अरबपति मस्कले ट्वीटमार्फत् भनेका छन्, ‘हामीसँग अरू कुनै पनि चीजको विलासिता हुनुभन्दा पहिले सकारात्मक नगद प्रवाहमा पुग्न आवश्यक छ ।’

‘इन्साइडर इन्टेलिजेन्स’का अनुसार ट्वीटरले सन् २०२३ मा ३ अर्ब डलरभन्दा कम आम्दानी गर्ने अनुमान गरिएको छ, जुन सन् २०२२ को तुलनामा एक तिहाइ कम हो ।

मस्कले ट्वीटरमा कब्जा जमाएपछि गरेका परिवर्तनहरूले प्रयोगकर्ता र विज्ञापनदाताहरूलाई समान रूपमा बन्द गरिदिएको छ ।

मस्कले तथ्याङ्क चोरीको चरम स्तरलाई सम्बोधन गर्न भन्दै यस महिनाको सुरुमा ट्वीटरको प्रमाणित अकाउन्टहरूबाट एक दिनमा १० हजार ट्वीटहरू पढ्नको लागि सीमित अनुमति दिने घोषणा गरेका थिए ।

उनले निः शुल्क खाताहरू जुन अधिकांश प्रयोगकर्ताहरूले बनाउँदछन् ती गैर–स्थापित प्रयोगकर्ताहरूले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न सक्ने सीमित प्रावधान ल्याउने र नयाँ अपुष्ट अकाउन्ट भएका प्रयोगकर्ताले ५०० ट्वीटहरू मात्र पढ्नसक्ने गरी सीमित गरिएको घोषणा गरेका थिए ।

ट्वीटरको प्रतिद्वन्द्वीको रूपमा फेसबुकको अभिभावक मेटाले सुरु गरेको एप थ्रेड्सले पहिलो पाँच दिनमा १० करोडभन्दा बढी प्रयोगकर्ता दर्ता गरेपछि यो परिवर्तन आएको हो ।

यस वर्षको सुरुमा ‘ओपन एआई’ले बनाएको कृतिम बौद्धिकता (एआई)एप च्याटजीपीटीलाई सक्रिय प्रयोगकर्ताको सङ्ख्यासम्म पुग्न दुई महिना लागेको थियो ।

केही अनुमानका अनुसार, थ्रेड्स अब १५ करोड प्रयोगकर्ताहरूमा पुगेको छ । जसमा भारतीय प्रयोगकर्ता सबैभन्दा धरै छन् । इन्स्टाग्रामको लिङ्कले यसलाई दुई अर्बभन्दा बढी प्रयोगकर्ताहरूको पहुँचमा पुर्याएको छ ।

ट्वीटरका करिब २० करोड नियमित प्रयोगकर्ता रहेको अनुमान गरिएको छ तर मस्कले प्लेटफर्म किनेर हजारौं कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलताको सामना गर्नुपरेको छ ।

काठमाडौंबाट फोहोर लिएर गएका ट्रिपर स्थानीयले बाटोमै रोके Read Previous

काठमाडौंबाट फोहोर लिएर गएका ट्रिपर स्थानीयले बाटोमै रोके

आइपीओ बिक्रीको अनुमति माग्दै आइएमईले दियो बोर्डमा आवेदन Read Next

आइपीओ बिक्रीको अनुमति माग्दै आइएमईले दियो बोर्डमा आवेदन