काठमाडौं । स्थानीयले सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न अवरोध गरेका छन् ।
यसअघि संघीय सरकार र काठमाडौं महानगरपालिकासँग भएका सहमति १ वर्ष बित्दा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर बोकेर गएका ट्रिपर बाटोमै रोकेका हुन्।
नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि, स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका ट्रिपरलाई बाटाेमै रोकेर अवरोध गरेका हुन् ।अहिले करिब ५० वटा ट्रिपर बाटोमै राकिएका छन् ।
नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको १ हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरू बताउँछन् ।