घट्यो पेट्रोलियम पद्धार्थको मूल्य, लिटरमा कति ?

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ । निगमको सञ्चालक समितिको आइतबार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी स्वचालित मूल्य लागू गर्ने निर्णय गरेको हो ।

स्वचालित मूल्य प्रणाली लागू भएसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घट्ने भएको छ ।  यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, निगमले डिजेलको भाउ प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । अब डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ ।

निगमले डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने गरी मूल्य समायोजन गरेको उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

योसँगै नेपालमा अब हरेक १५ दिनमा भारतीय बजारबाट आउने मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन हुनेछ ।

‘नेपाल आयाल निगम सुधारमा संञ्चालक समितिले महत्त्वपूर्ण गरेको छ । आज राति १२ बजेदेखि लागूहुनेगरी पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरेको छ,’ सचिव मरासिनी पत्रकार सम्मेलनमा भने ।

हवाई इन्धनको मूल्य भने समितिले तोकेअनुसार नै हुने निगमले जनाएको छ । निगमको यो निर्णयसँगै अब नेपालमा भारतभन्दा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुनेछ ।

निगमका अनुसार पेट्रोललमा १३, डिजेल १७ र हवाई ग्यासमा १६० रूपैयाँ सीमा मूल्यभन्दा सस्तो हुने भएको हो ।

एलपी ग्यासको मूल्यमा भने कुनै नाफा नलिने निर्णय गरेको सचिवले बताए । योवर्ष ५० अर्ब निगमको दायित्व थियो । त्यो सबै भुक्तानी भइसकेको र थोरै मात्रै मार्जिन राखेर निगमले मूल्य स्वचालित रूपमा लागू गर्ने निर्णय गरेको मरासिनीले बताए ।

भोलिदेखि हवाई भाडामा भ्याट लाग्ने Read Previous

भोलिदेखि हवाई भाडामा भ्याट लाग्ने

सन नेपाल लाइफको प्रिमियममा आइपीओ खुल्यो Read Next

सन नेपाल लाइफको प्रिमियममा आइपीओ खुल्यो