काठमाडौं । भोलि (साउन १ गते)देखि हवाई भाडामा मूलय अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ ।
सरकारले आर्थिक वर्षको २०८०/८१ बजेट मार्फत हवाई भाडामा भ्याट लाग्ने व्यवस्था गरेसँगै भोलिदेखि सो व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।
वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले आइतबार एक् विज्ञप्ति जारी गर्दै सोमबारदेखि मूल्य अभिवृद्धि कर सहितको भाडादर लागू हुने जनाएको छ ।
हवाई भाडामा भ्याट लागेपछि नयाँ भाडादर महँगिने वायु सेवा प्रदायकहरुले बताएका छन् । हाल कायम भाडादरमा औसतमा करिब ६ प्रतिशत भाडा बढ्ने जनाइएको छ ।